Like us!
Follow us!

नेप्सेमा तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

नेप्सेमा तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको पहिलो दिन आज (आइतबार) नेप्सेमा तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

आज आइतबार खानीखोला हाईड्रोपावर, जीवन विकास लघुवित्त र यूनियल लाइफ इन्स्योरेन्सको सेयरमा सकारात्मक सर्किट लागेको हो । 

खानिखोला हाईड्रोपावरको सेयर आज १० प्रतिशतले बढेर ४ सय १८ रुपैयाँ पुगेको छ । त्यस्तै आइतबार जीवन विकास लघुवित्तको सेयरमा पनि सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर १० प्रतिशतले बढेर २ हजार ६ सय ६८ रुपैयाँ पुगेको छ र यूनियल लाइफ इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढेर ८ सय ५४ रुपैयाँ ७० पैसा पुगेको छ । 

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ४६.०८ अंकले घटेर ३१३२.८२ विन्दुमा पुगेको छ । यस्तै १५ अर्ब ५७ करोड ९९ सय लाख २ हजार १ सय १३ रुपैयाँको कारोबार भएको छ । 

6118d1b50f210.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।