लगानी खबर, काठमाडौं - मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरष्किृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चौथो त्रैमाससम्म संस्थाको नाफामा वृद्धि भएको देखिन्छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले १ करोड १९ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २३८५ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ४ लाख ७९ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।
चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ७ करोड ५८ लाख ८२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ७ करोड २८ लाख ४५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।
समिक्षा अवधिसम्ममा संस्थाको सञ्चालन नाफामा पनि सामान्य बृद्धि भएको छ । समिक्षा अवधिमा संस्थाको यस्तो मूनाफा बृद्धि भएर १ करोड ८९ लाख ३४ हजार रुपैयाँ पुगेको छ जुन अघिल्लो आर्थिक बर्षमा १ करोड ८९ लाख २२ हजार रुपैयाँमा सिमित थियो ।
त्यस्तै, संस्थाको चुक्ता पूँजी ७ करोड रूपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा ३ करोड ४ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा संस्थाको रिजर्भको आकारमा २८.७ प्रतिशतले बृद्धि भएको छ ।
समिक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी १७ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ७९ पैसा रहेको छ ।
संस्थाले यहि साउन २७ गतेदेखि आईपिओ बिक्री खुल्ला गरेको छ । संस्थाको आईीपओमा आवेदन दिने आज अन्तिम दिन हो । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।