Like us!
Follow us!

पोखरा फाइनान्सको नाफा ७४.०५ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफामा पनि उल्लेख वृद्धि

पोखरा फाइनान्सको नाफा ७४.०५ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफामा पनि उल्लेख वृद्धि

लगानी खबर, काठमाडौं - पोखरा फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफामा वृद्धि भएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले १२ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ७४.०५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ७ करोड ३० लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ९ करोड ३२ लाख ७१ हजार रुपैयाँ पुगेको छ । जुन गतबर्षको यसै अवधिमा २ करोड ३ लाख २६ हजारमा सिमित थियो । यो अवधिमा कम्पनीले ८ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ भन्दा बढि निक्षेप संकलन गरी ५ अर्ब ८५ करोड ५२ लाख भन्दा बढी कर्जा लगानी गरेको छ ।  

चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३१ करोड ९९ लाख १० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ४.३५ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३० करोड ६५ लाख ६४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

हालसम्म कम्पनीको सञ्चालन नाफा ७३.०३ प्रतिशतले बढेर १८ करोड १५ लाख ४६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको यस्तो मुनाफा १० करोड ४९ लाख २० हजार रूपैयाँ रहेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ९६ करोड ३१ लाख ४५ हजार रुपैयाँ पुगेको छ । फाइनान्सको जगेडा कोषमा ३९ करोड ८८ लाख ७० हजार रुपैयाँ सञ्चित छ । कम्पनीको रिजर्भको आकार गतबर्षको तुलनामा २६.०१ प्रतिशतले बृद्धि भएको हो ।

समिक्षा अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ४१ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९६ पैसाबाट बढेर १३ रुपैयाँ १९ पैसा पुगेको छ  । कम्पनीको पीई रेसियो ५०.७९ गुणा रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।