Like us!
Follow us!

एक्सेल डेभलपमेन्ट बैंकको ३० प्रतिशत हकप्रदलाई बोर्डको अनुमति

एक्सेल डेभलपमेन्ट बैंकको ३० प्रतिशत हकप्रदलाई बोर्डको अनुमति

लगानी खबर, काठमाडौं - एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) बाट अनुमति पाएको छ । 

बैंकले हाल कायम चुक्ता पुँजी १०:३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ ४२ पैसा बराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद सेयर निष्कासन गर्न आज (साउन ३१ गते, आइतबार) सेबोनमा निवेदन पेश गरेको हो । 

बैंकले हकप्रद सेयर निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

हाल बैंकको चुक्ता पुँजी ८१ करोड ११ लाख २१ हजार रूपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद सेयर निष्कासनपछि बैंकको पूँजी १ अर्ब ५ करोड ४४ लाख पुग्नेछ ।

6118bc8688869.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।