लगानी खबर, काठमाडाैँ - तेह्रथुम पावर कम्पनी लिमिटेडले साउन ५ गते, मंगलबारबाट साउन १९ गते, मंगलबारसम्म आयोजना प्रभावित क्षेत्रका स्थानिहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) बाँडफाँड गरिएकाे छ ।
उक्त अवधिभर रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई बाँडफाँड सम्बन्धी प्रचलित कानून बमाेजिम साउन २९ गते, शुक्रबार बाँडफाँड सम्पन्न गरिएकाे कम्पनीले जानकारी दिएकाे छ ।
साथै, बाँडफाँडमा नपरेकाे रकम धिताेपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ बमाेजिम सम्बन्धीत आवेदकहरूकाे बैंक खातामा पठाइने पनि कम्पनीले जनाएकाे छ ।
कम्पनीले तेह्रथुम जिल्लाका आयोजना प्रभावितलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गरेकाे थियाे ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।