Like us!
Follow us!

नेपाल फाइनान्सले ७० प्रतिशत हकप्रद जारी गर्ने

नेपाल फाइनान्सले ७० प्रतिशत हकप्रद जारी गर्ने

लगानी खबर, काठमाडौं - नेपाल फाइनान्स लिमिटेडले २८ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा  भदौ २६ गते , शनिबार  कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा वेबिनारमार्फत बिहान ११ बजेबाट सुरु हुनेछ।

उक्त सभाले हकप्रद जारी गर्ने  विशेष प्रस्ताव पारित गर्नेछु । यसअघि कम्पनीलेको २० औँदेखि २७ औँ वार्षिक साधारणसभाले १:१.७५ अनुपातले हकप्रद जारी गरी पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरेको थियो। सोही सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने र प्राप्ति गर्ने विशेष प्रस्ताव पनि पारित गरेको थियो।

उक्त वार्षिक साधारणसभापछि कम्पनीले ललितपुर फाइनान्सलाई प्राप्ति गरेको थियो। त्यसपछि कम्पनीको चुक्तापुँजी ४९ करोड ३४ लाख ९६ हजार ४०० रुपैयाँ पुगेको छ। 

सभाले कम्पनीको हाल कायम चुक्तापुँजी बढाएर ८३ करोड ८९ लाख ४३ हजार ८८० रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्नुका साथै ७० प्रतिशत अर्थात् १:०.७० अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थालाई गाभ्ने, गाभिने र प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाउन सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गर्नेछ। 

यसका साथै, वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विविध एजेण्डाहरुमाथि छलफल गरी पारित गर्नेछ।

कम्पनीले  साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, भदौ १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै सभामा भाग लिन सक्नेछन्। 

6118ab0630825.jpg 6118ab0b0563d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।