लगानी खबर, काठमाडौं - मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गरेको हो ।
कम्पनीको साउन ३० गते शनिबार बसेको बैठकले गरेको निर्णयानुसार हाल विद्यामान चुक्ता पूँजीको बोनस सेयर वापत २० प्रतिशत लाभांश घोषणा गरेको हो ।
संस्थाले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा मर्जर तथा प्राप्ति कार्य सम्पन्न गरी दुई संस्था प्राप्ति गरी एकीकृत कारोबार शुरु गरेको हुँदा आयकर ऐन २०५८ बमोजिम सेयरधनीलाई बोनस वितरण गर्दा कर नलाग्ने भएकोले कर प्रयोजनको लागि नगद लाभांश भने छुट्याइएको छैन ।
उक्त प्रस्तावित राष्ट्र बैंकको स्व्व्कृति र संस्थाको आगामी साधारणसभाबाट अनुमोदन भएपश्चात पारित गरिनेछ ।
संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।