Like us!
Follow us!

मुक्तिनाथ विकास बैंकको नाफामा उछाल, प्रतिसेयर आम्दानी कति ?

मुक्तिनाथ विकास बैंकको नाफामा उछाल, प्रतिसेयर आम्दानी कति ?

लगानीखबर, काठमांडौ- मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद मुनाफामा बृद्धि आएको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले  १ अर्ब १५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ६२.७० प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ७० करोड ७४ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि बढेर ८६ करोड ५ लाख ३२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षमा बैंकको यस्तो मूनाफा ४७ करोड ३३ लाख ६३ हजार रुपैयाँमा सिमित थियो ।

समिक्षा अवधीमा बैंकले ८६ अर्ब ९० करोड ३० लाख बढी निक्षेप संकलन गरी ७३ अर्ब ८९ करोड ९५ लाख रुपैयाँ बढी कर्जा परिचालन गरेको छ । त्यस्तै अघिल्लो आर्थिक बर्षको अन्तिमसम्ममा ०.४६ प्रतिशत रहेको खराब कर्जा समिक्षा अवधीमा घटेर ०.२५ प्रतिशतमा पुगेको छ ।   

चौथो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ७० करोड ४५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २ अर्ब २५ करोड ९३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो जुन १९.७० प्रतिशतले बढि हो । 

समिक्षा अवधिसम्ममा बैंकको सञ्चालन नाफा ६१.५८ प्रतिशतले बढेर १ अर्ब ६३ करोड ७६ शजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा १ अर्ब ८८ लाख रूपैयाँमा सिमित थियो । 

त्यस्तै, बैंकको चुक्ता पूँजी ४ अर्ब ८१ करोड १५ लाख रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा १ अर्ब ९९ करोड ६४ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा बैंकको जगेडाकोषको आकार १ अर्ब ४९ करोड ३४ लाख रुपैयाँमा सीमित थियो । 

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९२ पैसा रहेको छ अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानी ७ रुपैयाँ ५६ पैसाले बढेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ४९ पैसा पुगेको छ बैंकको पीई रेसियो २७.४७ गुणा रहेको छ ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।