Like us!
Follow us!

सानिमा लाईफको आईपीओ बाँडफाँड, सेयर पाउने भाग्यमानी कति ?

सानिमा लाईफको आईपीओ बाँडफाँड, सेयर पाउने भाग्यमानी कति ?

लगानी खबर, काठमाडौं - सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड सम्पन्न भएको छ । उक्त आईपीओकाे आज सानिमा लाइफ इन्स्योरेन्सको कार्यालय, दरबारमार्ग, काठमाडाैँमा बाँडफाँड भएको हो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले उक्त आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड  भएको छ । ग्रोलाप्रथाबाट वितरण गर्दा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् ।  गोलाप्रथाद्वारा गरिएको बाँडफाँडमा लक्की नम्बर २ को चिट्ठा परेको छ ।

कम्पनीको आईपीओमा २४ लाख १९ हजार १ सय २७ आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४ सय ४० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । यो मागभन्दा ६.८४ गुणा बढी आवेदन हो । कम्पनीको आईपीओले हालसम्मका सबै रेकर्डहरु ब्रेक गरेकाे थियाे । 

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २० गते, बुधबारदेखि साउन २४ गते आईतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियाे ।

कसरी हेर्ने रिजल्ट ?
आईपिओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केहि समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केहि समय कुर्नुपर्ने हुन्छ । सार्वजनिक भएपछि कम्पनीको आईपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको  https://iporesult.cdsc.com.np नामक वेभसाइटबाट, प्रभु क्यापिटल लिमिटेडको वेभसाइट https://results.prabhucapital.com/ र मेरो सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।