Like us!
Follow us!

प्राइम बैंकको नाफा ४४.५६ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता छन् ?

प्राइम बैंकको नाफा ४४.५६ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता छन् ?

लगानी खबर, काठमाडौं - प्राइम कमर्शियल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको खुद नाफा ४४.५६ प्रतिशतले बढेर ३ अर्ब २५ करोड ४७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा २ अर्ब २५ करोड १४ लाख रुपैयाँमा सिमित थियो।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफामा वृद्धि भएको हो । सो अवधिसम्म बैंकको संचालन मुनाफा ४ अर्ब ६९ करोड ९२ लाख पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा यस्तो मुनाफा ३ अर्ब २६ करोड ८५ लाख रुपैयाँ थियो । बैंकको सञ्चालन मुनाफा ४३.७७ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २८.२६ प्रतिशत बढेले बढेर ५ अर्ब ९५ करोड २१ लाख रुपैयाँमा पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिको तुलनामा यस्तो आम्दानी २८.२६ प्रतिशतले बढेको हो ।  

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ रहेको छ।

हाल १६ अर्ब ८ करोड ३० लाख चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ८४ करोड १६ लाख रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ १४ पैसा बढेर २० रुपैयाँ २४ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ७६ पैसा रहेको छ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।