Like us!
Follow us!

सार्वजनिक हुनु अगावै बाहिरियो मौद्रिक निति

सार्वजनिक हुनु अगावै बाहिरियो मौद्रिक निति

लगानी खबर, काठमाडाैँ - नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरिन लागेको आर्थिक वर्ष ७८/७९ मौद्रिक नीति सार्वजनिक हुनु अगावै नै केही सिमित सञ्चारमाध्यमबाट अनाधिकृत रुपमा सार्वजनिक भएकोमा इकोनोमिक मिडिया सोसाइटी इम्शनले गम्भीर ध्यानकर्षण जनाएकाे छ । 

नेपाल राष्ट्र बैंक जस्तो स्वायत्त संस्थाले यसरी मौद्रिक नीति जस्तो दीर्घकालिन प्रभाव राख्ने नीति आफु अनुकुल र आफूनिकट विभिन्न संचारमाध्यमहरुलाई वितरण गर्नु गम्भीर विषय रहेकाे इम्शनकाे भनाइ छ ।

मौद्रिक नीति संचालक समितिमा छलफल भई पारित भएपछि मात्र सार्वजनिक गरिने हुनाले संचालकहरुलाई मात्र यसबारेको जानकारी रहन्छ । संचालक वा अन्य उच्च पदाधिकारीबाट नै मौद्रिक नीति चुहावट गरेकोले देखिएकोले यसबारे छानबिन गर्न इम्शनले जोडदार माग गरेकाे छ।

राष्ट्र बैंकको यस्तो कदमबाट नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ३८ को उपदफा १ विपरित रहेको छ । उक्त दफा अनुसार राष्ट्र बैंकका स्नाचालकले पदीय रुपमा काम गर्दा प्राप्त हुन आएको कुनै प्रकाशित वा अप्रकाशित गोप्य जानकारी वा सूचना अरुलाई दिन वा सोको भेद खोल्न नपाउने व्यवस्था हुँदाहुँदै सूचना चुहावट हुनु गम्भीर विषय रहेको इम्शनकाे विज्ञप्तिमा उल्लेख छ ।

अत : यस विषयमा छानविन गरि सूचना चुहावट गराउने संचालकमाथि कारवाही गरि राष्ट्र बैंकको स्वायत्तता जोगाई राख्न इम्शनले जोडदार माग गरेकाे छ ।

साथै मौद्रिक नीतिको प्रत्यक्ष प्रसारण गर्ने जिम्मा केहि निजी संचारमाध्यामलाई मात्र प्रदान गरिएको र अन्य संचारमाध्यम विभेद गरिएको प्रति पनि इम्शनले गम्भीर गम्भीर ध्यानाकर्षण जनाएकाे छ । हरेक संचारमाध्यमलाई समान रुपमा सूचनाको पहुँच हुने अवस्था स्थापित गर्न इम्शनले जोडदार माग गरेकाे छ ।

इम्शनकाे प्रेस विज्ञप्ति यस प्रकारकाे छ : 

6116397f4e092.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।