लगानी खबर, काठमाडाैँ - बेष्ट फाइनान्स कम्पनी लिमिटेडले यसअघि स्थगित गरिएकाे वार्षिक साधारण सभा पुन: आह्वान गरेकाे छ ।
कम्पनीकाे साउन २८ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे २४औँ वार्षिक साधारण सभा भदाै ३० गते, फाइनान्सकाे केन्द्रिय कार्यालय, कमलादी, काठमाडाैँमा हुनेछ ।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी, सभामा सञ्चालक समितिबाट संस्थापक शेयरधनीको तर्फबाट मनोनित महिला सञ्चालक नियुक्तिको अनुमोदन गर्ने र नयाँ कार्यसमितिको लागि संस्थापक तथा सर्वसाधारण समूहको सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गरिनेछ।
साधारण सभा प्रयोजनार्थ फाइनान्सले भदौ ८ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, भदौ ७ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।