लगानी खबर, काठमाडाैँ - अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा १५.६१ प्रतिशतले बढेर ८ करोड ७ लाख ६८ हजार रुपैयाँ पुगेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले ६ करोड ९८ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी भने थाेरै प्रभावित भएकाे छ । कम्पनीकाे विद्युत् बिक्रीबाट हुने आम्दानी २२.५६ प्रतिशत घटेर ५ करोड ३६ लाख ८ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले विद्युत बिक्री आम्दानीबाट ६ करोड ९२ लाख २१ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
हाल कम्पनीकाे चुक्ता पुँजी एक अर्ब ५७ करोड २३ लाख ५९ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा १० करोड ७१ लाख ६५ हजार रुपैयाँ सञ्चित छ ।
त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) ५ रुपैयाँ १४ पैसा रहेको छ । कम्पनीकाे प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ २३ पैसा रहेको छ । कम्पनीकाे मूल्य आम्दानी अनुपात ९२.५१ गुणा रहेको छ ।
कम्पनीले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।