लगानी खबर, काठमाडाैँ - सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड भाेलि (साउन ३० गते, शनिबार) हुने भएकाे छ ।
उक्त आईपीओकाे बाँडफाँड भाेलि शनिबार सानिमा लाइफ इन्स्योरेन्सको कार्यालय, दरबारमार्ग, काठमाडाैँमा हुने भएकाे निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएकाे छ ।
सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २० गते, बुधबारदेखि साउन २४ गते आईतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियाे ।
अन्तिम दिनसम्म कम्पनीको आईपीओमा २४ लाख १९ हजार १ सय २७ आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४ सय ४० कित्ता सेयर खरिदका लागि आवेदन परेको जनाएको छ । यो मागभन्दा ६.८४ गुणा बढी आवेदन हो । कम्पनीको आईपीओले हालसम्मका सबै रेकर्डहरु ब्रेक गरेकाे थियाे ।
मागभन्दा धेरै आवेदन परेकाे हुनाले याे आईपीओकाे बाँडफाँड गोलाप्रथाद्धारा गरिनेछ । गाेलाप्रथाबाट बाँडफाँड गर्दा ५ लाख ४० हजार आवेदकले १० कित्ता सेयर प्राप्त गर्नेछन् भने बाँकी करिब १८ लाख ५० हजार आवेदकहरुको भने हात खाली हुनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।