लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडकाे सेयर सूचीकृत भएकाे छ ।
स्टकका अनुसार नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेपछि नेशनल माइक्रोफाइनान्सको नामबाट ९ लाख ९५ हजार ५ सय ८८ कित्ता सेयर धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको हो ।
याे सँगै अब महिला सहयात्राका शेयरधनीहरूको सेयर नेशनल माइक्रोफाइनान्सको नामबाट खातामा देखिनेछ ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड र महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३० गते, बुधबारबाट एकीकृत कारोबार सुरू गरेका थिए ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।