हिमालयन डिष्टिलरी कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ अर्ब ४ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १२२.९० प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४६ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३६.५० प्रतिशतले बढेर ६ अर्ब ५० करोड ७० लाख रुपैया पुगेको छ । गतबर्ष कम्पनीको यो आम्दानी ६ अर्ब ५० करोड ७० लाख रुपैयामा सिमित थियो ।
त्यस्तै यो अवधिमा कम्पनीको सञ्चालन मूनाफा ७२.०१ प्रतिशतले बढेर २ अर्ब १३ करोड ८४ लाख रुपैयाँ पुगेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक बर्षमा १ अर्ब २३ करोड ६० लाख रुपैयाँमा सिमित थियो ।
त्यस्तै, कम्पनीको चुक्ता पूँजी ८६ करोड ७७ लाख रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोषमा १ अर्ब १३ करोड ६२ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक वर्षको तुलनमा यो वर्ष कम्पनीको जगेडा कोषको आकार ६८.५९ प्रतिशतले बढेको हो ।
समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११९ रुपैयाँ ९४ पैसा रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा प्रतिसेयर आम्दानी ३९ रुपैयाँ २३ पैसाले बढेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ९५ पैसा पुगेको छ बैंकको पीई रेसियो ४५.९६ गुणा रहेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।