Like us!
Follow us!

नेप्सेमा ३६ लाख ४२ हजार कित्ता सेयर सूचीकृत

नेप्सेमा ३६ लाख ४२ हजार कित्ता सेयर सूचीकृत

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार नबिल बैंक लिमिटेडकाे सेयर सूचीकृत भएकाे छ ।

स्टकका अनुसार नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपछि नबिल बैंकको नामबाट ३६ लाख ४२ हजार ९ सय २१ दशमलव २६ कित्ता सेयर धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको हो ।

याे सँगै अब युनाइटेड फाइनान्सका शेयरधनीहरूको सेयर नबिल बैंकको नामबाट खातामा देखिनेछ । 

नबिल बैंक र युनाइटेड फाइनान्सले असार २७ गते, आइतबारबाट एकीकृत कारोबार सुरू गरेका थिए । नबिलले युनाइटेडलाई १:०.३५ को स्वाप अनुपातमा प्राप्ति गरेको हो।

61161208dcae8.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।