Like us!
Follow us!

नेपाल लाइफकाे नाफामा सामान्य सुधार, अन्य सूचक कस्ता ?

नेपाल लाइफकाे नाफामा सामान्य सुधार, अन्य सूचक कस्ता ?

लगानी खबर, काठमाडाैँ - नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

गत आर्थिक वर्षको अन्तिमसम्म आइपुग्दा कम्पनीको खुद नाफा १.०५ प्रतिशतले बढेर ५३ करोड ५९ लाख ४३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ५३ करोड ३ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

समिक्षा अवधीमा कम्पनीको खुद बीमा शुल्क पनि १६.९३ प्रतिशतले बढेर ३१ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिसम्ममा कम्पनीले २७ अर्ब ३४ करोड ३ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

सो अवधिसम्ममा कम्पनीले ८ अर्ब ७८ करोड ४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

हाल चुक्ता पुँजी ७ अर्ब १९ करोड ९९ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब १ करोड ६३ लाख ४६ हजार रुपैयाँ रहेको छ । त्यस्तै यो अवधिसम्ममा कम्पनीको जीवन बीमा कोषमा १ खर्ब १२ अर्ब ५१ करोड २९ लाख रुपैयाँ र महाविपत्ति कोषमा ५८ करोड ८९ लाख ६ हजार रुपैयाँ सन्चित छ । 

समिक्षा अवधिमा कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी ७ रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ३० रुपैयाँ रहेको छ भने कम्पनीको समिक्षा अवधिमा मूल्य आम्दानी अनुपात (पिई रेसियो) २५७.८० गुणा रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।