Like us!
Follow us!

नेप्सेमा २ वटा म्युचुअल फण्डकाे मूल्य समायाेजन

नेप्सेमा २ वटा म्युचुअल फण्डकाे मूल्य समायाेजन

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनआईबिएल प्रगति फण्ड र एनआईबिएल समृद्धि फण्ड १ काे मूल्य समायाेजन गरिएकाे छ ।

समायोजन पछि एनआईबिएल प्रगति फण्डको इकाई मूल्य १४ रुपैयाँ ५ पैसा  र एनआईबिएल समृद्धि फण्ड १ को इकाईमूल्य १३ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ ।

एनआईबिएल प्रगति फण्डको हिजोको कारोबारको अन्तिम मूल्य १९ रुपैयाँ ५ पैसा र एनआईबिएल समृद्धि फण्ड १ को अन्तिम मूल्य १६ रुपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरिएको हो । 

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले आर्थिक वर्ष २०७७/७८ को लागि आफ्ना इकाईधनीहरूलाई ५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घाेषणा गरेकाे छ ।

त्यसैगरी, एनआईबिएल समृद्धि फण्ड १ ले आर्थिक वर्ष २०७७/७८ को लागि आफ्ना इकाईधनीहरूलाई ३५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घाेषणा गरेकाे छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।