Like us!
Follow us!

बैंक अफ काठमाण्डूको ऋणपत्र सूचिकृत

बैंक अफ काठमाण्डूको ऋणपत्र सूचिकृत

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंक अफ काठमाण्डू लिमिटेडको १६ लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ । 

स्टकका अनुसार “८.५० प्रतिशत बि.ओ.के डिबेन्चर २०८६” को १६ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

बैंक अफ काठमाण्डू लिमिटेडले मंसिर २४ गते, बुधबारबाट मङ्सिर २९ गते, साेमबारसम्म १० वर्ष अवधिकाे लागि “८.५० प्रतिशत बि.ओ.के डिबेन्चर २०८६” नाममा १ अर्ब ६० कराेड रूपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । साेही ऋणपत्र नेप्सेमा सूचिकृत भएकाे हाे ।

6114e3df41f36.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।