Like us!
Follow us!

आज राति ८ बजेपछि सवारी साधन चलाउन नपाईने

आज राति ८ बजेपछि सवारी साधन चलाउन नपाईने

लगानी खबर, काठमाडौं - कोभिड–१९ को संक्रमण जोखिम बढेको जनाउँदै काठमाडौं उपत्यकामा बिहीवार राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ ।    

आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश बिहीवार बिहान १ बजेदेखि नै लागू भएको छ । अन्य ढुवानीका साधन भने तोकिएका समयमा सञ्चालन गर्न सकिने छ । अत्यावश्यक काममा प्रयोग हुने सवारी भने चौबीसै घण्टा सञ्चालन हुने छ ।

पछिल्लो दुई हप्तादेखि उपत्यकामा निषेधाज्ञामा कडाइ गर्न थालिएको छ । अघिल्लो हप्ता सेमिनार, गोष्ठी, बैठक भर्चुअलरूपमा मात्रै गर्ने निर्णय गरेको थियो ।     
     
अन्य गतिविधिका सन्दर्भमा भने विगतमा लागू भएको आदेशलाई यथावत राखिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए। उपत्यकाको तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रजिअसहितको बैठकले उक्त आदेश जारी गरी लागू गरेको हो । अन्य विभिन्न जिल्लामा पनि आदेशमा कडाइ गर्न थालिएको छ ।

यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को तेस्रो लहर आउनसक्ने चेतावनी दिइसकेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।