Like us!
Follow us!

सानिमा माई हाइड्रोपावरको नाफा बढ्यो, विद्युत् बिक्री आम्दानी कति ?

सानिमा माई हाइड्रोपावरको नाफा बढ्यो, विद्युत् बिक्री आम्दानी कति ?

लगानी खबर, काठमाडौं - सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले ४० करोडभन्दा धेरै नाफा आर्जन गरेको छ ।  

सो अवधिसम्म आइपुग्दा कम्पनीले ४० करोड ६८ लाख ९८ हजार रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा १०.९१ प्रतिशतले धेरै हो । कम्पनीले अघिल्लो वर्षको सोहि अवधिमा ३६ करोड ६८ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानीमा भने सामान्य घटेको छ । कम्पनीको  विद्युत बिक्रीबाट हुने आम्दानीबाट ८५ करोड ३ लाख ९ हजार रुपैयाँ सिमित भएको छ । जबकी अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ८६ करोड ७ लाख ८४ हजार रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको विद्युत बिक्री आम्दानीमा १.२१ प्रतिशतले घटेको हो।

कम्पनीले सो अवधिमा अन्य स्रोतबाट १ लाख ४२ हजार रुपैयाँमा आम्दानी गरेको छ । कम्पनीले अघिल्लो वर्ष ११ लाख १२ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड ८४ लाख १० हजार रुपैयाँ रहेका छ । त्यसैगरी, प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४९ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।