लगानी खबर, काठमाडाैँ - एनआईबिएल प्रगति फण्ड र एनआईबिएल समृद्धि फण्ड १ काे नगद लाभांश सुरक्षित गर्ने आज (साउन २८ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ ।
दुवै फण्डले नगद लाभांश वितरण गर्ने प्रयाेजनका लागि भाेलि साउन २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले, आज (साउन २८ गते, बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले आर्थिक वर्ष २०७७/७८ को लागि आफ्ना इकाईधनीहरूलाई ५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घाेषणा गरेकाे छ ।
त्यसैगरी, एनआईबिएल समृद्धि फण्ड १ ले आर्थिक वर्ष २०७७/७८ को लागि आफ्ना इकाईधनीहरूलाई ३५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घाेषणा गरेकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।