Like us!
Follow us!

रैराङ हाइड्रोपावरको नाफा ३७५.७६ प्रतिशतले बढ्यो, इपिएस कति ?

रैराङ हाइड्रोपावरको नाफा ३७५.७६ प्रतिशतले बढ्यो, इपिएस कति ?

लगानीखबर, काठमांडौ- रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७र७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीको खुद मुनाफा गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ३७५.७६ प्रतिशतले बढेर ५ करोड ९० लाख १८ हजार रुपैयाँ पुगेका छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ करोड २४ लाख ५ हजार रुपैयाँमा सिमित थियो ।

खुद मुनाफासंगै कम्पनीको विद्युत बिक्री आम्दानीमा पनि बढेको आएको छ  । विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ३८.९८ प्रतिशतले बढेर २४ करोड २३ लाख ६० हजार रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्री आम्दानीबाट १७ करोड ४३ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

हाल चुक्ता पुँजी  ५६ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७ करोड ५३ लाख ८१ हजार रुपैयाँ जम्मा गरेको छ । समिक्षा अवधिमा कम्पनीको रिजर्भको आकार ५००.४५ प्रतिशतले बढेको हो।  

कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) १० रुपैयाँ ५४ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ४६ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४०.७८ गुणा रहेको छ ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।