Like us!
Follow us!

आज यी दश कम्पनीका लगानीकर्ताले व्यहोरे सर्वाधिक घाटा

आज यी दश कम्पनीका लगानीकर्ताले व्यहोरे सर्वाधिक घाटा

लगानी खबर, काठमाडौं - आज (बुधबार) सेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.७६ अंकले बढेर ३१६२.४० विन्दुमा पुगेको छ । बुधबार नेप्से परिसूचक ०.०२ प्रतिशतले बढेको हो । 

झिनो अंकले बढेको बजारमा आज जानकी फाइनान्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक घाटा व्यहोरेका छन् । आज कम्पनीको सेयर ३.७४ प्रतिशतले घटेर ६ सय ७० रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

त्यस्तै, आज सेयरमूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : राष्ट्रिय बीमा कम्पनी लिमिटेड संस्थापक सेयरको ३.६५ प्रतिशतले घटेर १६ हजार ५ सय १० रुपैयाँ पुगेको छ ।एक्सेल डेभलपमेन्ट बैंकको ३.१३ प्रतिशतले घटेर १ हजार १ सय १४ रुपैयाँ पुगेको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ३.०८ प्रतिशतले घटेर ४ सय ७२ रुपैयाँ पुगेको छ । वेष्ट फाइनान्स कम्पनीको ३.०४ प्रतिशतले घटेर ५ सय ६१ रुपैयाँ पुगेको छ । 

त्यसैगरी, आज ग्रिन डेभलपमेन्ट बैंकको सेयर पनि घटेको छ । आज बैंकको सेयर ३ प्रतिशतले घटेर ४ सय ८५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकको सेयर २.९७ प्रतिशतले घटेर १ हजार ४ सय ७९ रुपैयाँ पुगेको छ । रिलायन्स फाइनान्स लिमिटेड संस्थापक सेयरको २.९१ प्रतिशतले घटेर ६ सय ६८ रुपैयाँ पुगेको छ । त्यसैगरी आज प्रभु सेलेक्ट फण्डको सेयर पनि घटेको छ । आज कम्पनीको सेयर २.८३ प्रतिशतले घटेर १० रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ र गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स लिमिटेड संस्थापक सेयरको २.७९ प्रतिशतले घटेर ६ सय ३३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।            

6113a856059f1.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।