Like us!
Follow us!

बुधबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

बुधबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

लगानी खबर, काठमाडौं - आज (बुधबार) सेयर बजार सामान्य वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.७६ अंकले बढेर ३१६२.४० विन्दुमा पुगेको छ । बुधबार नेप्से परिसूचक ०.०२ प्रतिशतले बढेको हो । 

झिनो अंकले बढेको बजारमा आज अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वाधिक कारोबार गरेको छ । आज कम्पनीले ६८ करोड ७३ लाख ६ हजार ५ सय ६८ रुपैयाँको कारोबार गरेको छ । 

त्यस्तै, आज सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : अरुण भ्याली हाइड्रोपावर, अरुण काबेली पावर, आरम्भ चौतारी लघुवित्त, आइसि एफसि फाइनान्स लिमिटेड संस्थापक सेयर, रिडी हाइड्रोपावर, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, ९ प्रतिशत कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७ र ङादी ग्रुप पावर रहेका छन् । 
 

6113a0cfc9aab.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।