Like us!
Follow us!

जीवन विकास लघुवित्तसहित यी कम्पनीका लगानीकर्ता मालामाल

जीवन विकास लघुवित्तसहित यी कम्पनीका लगानीकर्ता मालामाल

लगानी खबर, काठमाडौं - आज (बुधबार) सेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.७६ अंकले बढेर ३१६२.४० विन्दुमा पुगेको छ । बुधबार नेप्से परिसूचक ०.०२ प्रतिशतले बढेको हो । 

झिनो अंकले बढेको बजारमा आज रुरु जलविद्युत परियोजना लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । आज कम्पनीको सेयर १० प्रतिशतले बढेर १ हजार २ सय १० रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

त्यस्तै, आज सेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर १० प्रतिशतले बढेर ८ सय ५९ रुपैयाँ १० पैसा पुगेको छ । आइसि एफसि फाइनान्स लिमिटेड संस्थापक सेयरको १० प्रतिशतले बढेर ८ सय ९४ रुपैयाँ ४० पैसा पुगेको छ । त्यस्तै आज जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर पनि बढेको छ । आज कम्पनीको सेयर १० प्रतिशतले बढेर २ हजार २ सय ५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक सेयरको १० प्रतिशतले बढेर ७ सय ६ रुपैयाँ ४० पैसा पुगेको छ । 

त्यसैगरी आज एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयर पनि बढेको छ । आज कम्पनीको सेयर ९.९९ प्रतिशतले बढेर ९ सय रुपैयाँ ७० पैसा पुगेको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको ९.९४ प्रतिशतले बढेर १ हजार ३ सय ३९ रुपैयाँ पुगेको छ । आज अरुण काबेली पावरको सेयर पनि बढेको छ । आज कम्पनीको सेयर ९.७८ प्रतिशतले बढेर ६ सय ८५ रुपैयाँ पुगेको छ । नेपाल हाइड्रोको ९.४३ प्रतिशतले बढेर ७ सय ६६ रुपैयाँ पुगेको छ र रैराङ हाइड्रोपावरको सेयर ९.३९ प्रतिशतले बढेर ६ सय ६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।  

61139c525bc6d.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।