लगानी खबर, काठमाडौं - आज (बुधबार) सेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक झिनो अंकले बढेर नयाँ रेकर्ड कायम भएको छ ।
हिजाे मंगलबार नेप्से परिसूचक ३१६१.४४ विन्दुमा पुगी नयाँ रेकर्ड कायम गरेकाे थियाे । नेप्सेले आज साेही विन्दु ताेडेर नयाँ रेकर्ड बनाएकाे हाे । बुधबार नेप्से परिसूचक ३१६२.४० विन्दुमा पुगेकाे छ । याे बन्द हुँदाकाे हालसम्मकै उच्च विन्दु हाे । इन्ट्रा डे काराेबारमा भने नेप्से ३१९७ विन्दुमा पुगीसकेकाे छ ।
बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ०.७६ अंकले बढेर ३१६२.४० विन्दुमा पुगेकाे छ । नेप्से ०.०२ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक भने २.४७ अंकले घटेर ५८५.६२ विन्दुमा झरेको छ ।
मंगलबार २३० कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता सेयर खरिदबिक्री हुँदा १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज कूल १३ उपसमूहमध्ये ३ उपसमूहको सेयरमूल्य बढेको छ भने बाँकी ८ कम्पनीको सेयरमूल्य घटेको छ । आज हाइड्रोपावर समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ ।
बुधबार ५ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आईसीएफसी फाइनान्स, रिडी हाइड्रोपावर, रुरु जलविद्युत, जीवन विकास लघुवित्त, यूनियन लाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले बढेको हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।