Like us!
Follow us!

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

लगानी खबर, काठमाडाैँ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन् । प्रदेश सभामा उनीविरुद्ध अविश्वासकाे प्रस्ताव आउने भएपछि उनले विशेष अधिवेशन सुरू हुनु अगाडि नै राजीनामा दिएका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका हुन् ।

उनी २०७४ फागुन ३ गते पहिलो पटक  प्रदेश ५ को मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तत्कालीन प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम पोखरेललाई दुई दल (एमाले र माओवादी केन्द्र) को समर्थनमा प्रदेशप्रमुख झाले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

बहुमत प्राप्त दलको नेताका रुपमा शंकर पोखरेल २०७८ साल, वैशाख १९ गते राजीनामा दिएर सोही दिन राति धारा १६८ को उपधारा १ बमोजिम पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।