Like us!
Follow us!

हिमालयन उर्जाको नाफा ९१ प्रतिशतले घट्यो, इपिएस ४ पैसा !

हिमालयन उर्जाको नाफा ९१ प्रतिशतले घट्यो, इपिएस ४ पैसा !

लगानीखबर,काठमांडौ- हिमालयन उर्जा विकास कम्पनी कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा  ३ लाख ७९ हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो बर्षको कम्पनीले ४५ लाख ७८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

विद्युत बिक्री आम्दानी नभएको यस कम्पनीको अन्य आम्दानी घटेका कारण खुद नाफामा कमी आएको हो । समिक्षा अवधिमा कम्पनीले अन्य आम्दानी १३ लाख ८५ हजार रुपैयाँ कमाएको देखिन्छ । अघिल्लो आर्थिक बर्षमा कम्पनीले यो शिर्षकमा ७१ लाख ३४ हजार ७१३ रुपैयाँ आम्दानी गरेको थियो । 

हाल चुक्ता पुँजी  ९९ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष ७१ लाख ७६ रुपैयाँ नकारात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी ९वार्षिक० ४ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ २८ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ९३९९।४४ गुणा रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।