लगानीखबर,काठमांडौ- मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले आज साउन २७ गते देखि सर्वसाधारणका लागि साधारण सेयर आईपिओ निष्कासन तथा बिक्रि खुल्ला गरेको छ ।
संस्थाको उक्त आइपीओमा छिटोमा साउन ३१ गते र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपिओमा विगतमा परेको आवेदन संख्याका आधारमा कम्पनीको आईपिओमा १० कित्ता आवेदन गर्नु उपयुक्त देखिन्छ ।
संस्थाले निष्काशन गर्न लागेको जम्मा ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयरमध्ये चुक्ता पुँजीको ०।५ प्रतिशत अर्थात ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन्। लघुवित्तले कुल जारी पूँजीको ३६ प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो।।
संस्थाको आईपिओमा आवेदन दिन इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।