लगानी खबर, काठमाडौं - आज (मंगलबार) सेयर बजारले नयाँ रेकर्ड राखेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सेयर कारोबार मापक नेप्से परिसूचक ५१.८६ अंकले बढेर बढेर ३१६१.४४ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च हो । आज नेप्से १.६७ अंकले बढेको हो ।

मंगलबार २२५ कम्पनीको ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता सेयर खरिदबिक्री हुँदा १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २७९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज कूल १३ उपसमूहमध्ये १० उपसमूहको सेयरमूल्य बढेको छ भने बाँकी ३ कम्पनीको सेयरमूल्य घटेको छ । आज विकास बैंक र फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

आज ११ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबार बेस्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, आईसीएफसी फाइनान्स, प्रोगेशिभ फाइनान्स, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, कामनासेवा विकास बैंक, सिन्धु विकास बैंक र जीवन विकास लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।