Like us!
Follow us!

उपत्यकामा राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

उपत्यकामा राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

लगानी खबर, काठमाडौं - काठमाडौं उपत्यकामा राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने भएको छ  । सिडियोहरुको आज बसेको बैठकले  रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

प्रशासनले बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

कोभिड–१९ भाइरसको संक्रमण बढ्दै गएपछि रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो । यद्यपी अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै वेला चलाउन पाइनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।