Like us!
Follow us!

नेप्सेमा २ कम्पनीको ऋणपत्र सूचिकृत

नेप्सेमा २ कम्पनीको ऋणपत्र सूचिकृत

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज मंगलबार २ कम्पनीको ऋणपत्र सूचिकृत भएको छ ।

नेप्सेमा नेपाल बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ । बैंकको ३५ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो  ।

बैंकले गत वैशाख २२ गतेदेखि ३१ गतेसम्म १० वर्षे अवधिको ८.५० % ब्याजदर रहेको ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र बिक्री गरेको थियो । 

त्यसैगरी, कृषि विकास बैंक लिमिटेडको ६० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो । स्टकका अनुसार ‘४ प्रतिशत कृषि बण्ड २०८७’ को ६० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

यसअघि नेपाल बैंक लिमिटेडकाे ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७’ को ३५ लाख कित्ता ऋणपत्र पनि नेप्सेमा सूचिकृत भएको थियाे ।

61123ff6425a6.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।