लगानी खबर, काठमाडौं - आज (मंगलबार) नप्सेमा ६ कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ । सोमबार सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड, बेष्ट फाइनान्स कम्पनी लिमिटेड, गुहेश्वरी मर्चेंट एण्ड एण्ड फाइनान्स लिमिटेड संस्थापक सेयर, मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था र आइसी एफसी फाइनान्स लिमिटेडको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको हो ।
सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड संस्थापक सेयरको सेयर १० प्रतिशतले बढेर ६ सय ४३ रुपैयाँ ५० पैसा पुगेको छ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको सेयर १० प्रतिशतले बढेर ५ सय ७८ रुपैयाँ ६० पैसा पुगेको छ । गुहेश्वरी मर्चेंट एण्ड फाइनान्स लिमिटेड संस्थापक सेयरको सेयर १० प्रतिशतले बढेर ६ सय ५१ रुपैयाँ २० पैसा पुगेको छ ।
त्यस्तै, आज मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको सेयरमा पनि सर्किट लागेको छ । आज कम्पनीको सेयर १० प्रतिशतले बढेर ६ सय ३१ रुपैयाँ ४० पैसा पुगेको छ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेर २ हजार ४ रुपैयाँ ६० पैसा पुगेको छ र आइसी एफसी फाइनान्स लिमिटेडको सेयर १० प्रतिशतले बढेर ८ सय १३ रुपैयाँ १० पैसा पुगेको छ ।
मंगलबार यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक सेयरको सेयर कारोबार सर्किट लेभलमा भइरहेको छ ।
यो समाचार तयार पार्दा सम्म नेप्से परिसूचक २५.१८ अंकले बढेर ३१३४.७६ विन्दुमा पुगेको छ भने १० अर्ब २९ करोड ३२ लाख ७ हजार ९ सय १६ रुपैयाँको कारोबार भएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।