Like us!
Follow us!

कालिका लघुवित्तको नाफामा उछाल, प्रतिसेयर आम्दानी कति ?

कालिका लघुवित्तको नाफामा उछाल, प्रतिसेयर आम्दानी कति ?

लगानी खबर, काठमाडौं - कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ५ करोड ५२ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १७६४.३१ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले २९ लाख ६७ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले २९ करोड १५ लाख ६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले १६ करोड ७६ लाख १९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिसम्ममा संस्थाको सञ्चालन नाफा भने ऋणात्मक छ । समिक्षा अवधिमा संस्थाको यस्तो मूनाफा २ करोड ६० लाख रुपैयाँ ऋणात्मक छ अघिल्लो आर्थिक बर्षमा यो ३ करोड ३४ लाख रुपैयाँ ऋणात्मक थियो ।

त्यस्तै, संस्थाको चुक्ता पूँजी २७ करोड ७५ लाख रूपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा १५ करोड ३ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा संस्थाको रिजर्भको आकारमा ४७.२७ प्रतिशतले बृद्धि भएको छ ।  

समिक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८२ पैसाले बढेर १९ रुपैयाँ ८९ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ १७ पैसा र मूल्य आम्दानी अनूपात (पिई रेसियो) ७१.९५ गुणा रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।