Like us!
Follow us!

शिवश्री हाइड्रोपावरको नाफा १.८४ करोड बढी, ईपीएस कति ?

शिवश्री हाइड्रोपावरको नाफा १.८४ करोड बढी, ईपीएस कति ?

लगानी खबर, काठमाडौं - शिवश्री हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ करोड ८४ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  सो अवधिमा कम्पनीले विद्युत बिक्रिबाट ४ करोड ८ लाख २७ हजार रुपैयाँ आम्दानी गरेको छ भने कम्पनीको सञ्चालन मुनाफा ३ करोड ५१ लाख ४२ हजार रुपैयाँ रहेको छ।

कम्पनीको विद्युत उत्पादन गत जेठ ९ गतेबाट सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकामा रहेको माथिल्लो चाकु ए जलविद्युत आयोजना बाट २२.२ मेगावाट विद्युत उत्पादन सुरु भएको हो ।

हाल चुक्ता पुँजी  १ अर्ब ४४ करोड ४ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १ करोड ८४ लाख रुपैयाँ जम्मा गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) ५ रुपैयाँ ११ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ २८ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ६६.११ गुणा रहेको छ ।

कम्पनीले प्रकाशन गरेको आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण हेर्नुहोस् :- 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।