Like us!
Follow us!

फर्स्ट माइक्रोफाइनान्सको लिलामी सेयरमा आजसम्म आवेदन दिन सकिने

फर्स्ट माइक्रोफाइनान्सको लिलामी सेयरमा आजसम्म आवेदन दिन सकिने

लगानी खबर, काठमाडौं - फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी सेयर भर्ने आज (साउन २६ गते, मंगलबार) अन्तिम दिन रहेको छ  । संस्थाले लिलामीमा ल्याएको संस्थापक सेयरमा आज बैंकिंङ्ग समयसम्म मात्र आवेदन दिन सकिनेछ ।

संस्थाले साउन २० गते, बुधबारबाट ८० हजार ५ सय कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

उक्त सेयरहरू खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले न्युनतम एक हजार कित्तादेखि अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, संस्थाकाे सेयर निष्कासन तथा बिक्री प्रबन्धककाे काम  ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरेकाे छ । आवेदकहरूले बिक्री प्रबन्धक  ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडाैँमा आइपुग्ने गरी आवेदन पेश गर्नुपर्नेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6109fdcc894f3.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।