Like us!
Follow us!

मंगलबार सुनको मूल्य बढ्यो, कति पुग्यो ?

मंगलबार सुनको मूल्य बढ्यो, कति पुग्यो ?

लगानी खबर, काठमाडौं - आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । 

हिजो (सोमबार) तोलाको ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज मंगलबार २ सय रुपैयाँले बढेर तोलाको ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८८ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको मूल्य तोलाको ८८ हजार ५ सय ५० रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज मंगलबार चाँदीको मूल्य भने घटेको छ । हिजो तोलाको १ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर तोलाको १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।