Like us!
Follow us!

आईपीओ निष्कासनको अनुमति माग्दै थ्री स्टार हाइड्रोपावर बोर्ड पुग्यो

आईपीओ निष्कासनको अनुमति माग्दै थ्री स्टार हाइड्रोपावर बोर्ड पुग्यो

लगानी खबर, काठमाडौं - थ्री स्टार हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्नका लागि अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको छ ।

कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरकोआईपीओ निष्कासनको अनुमति माग्दै गत साउन १७ गते  बोर्डमा आवेदन दिएको हो।

कम्पनीले प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित दरका १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्कासनका गर्दैछ। 

बोर्डले अनुमति दिएसँगै कम्पनीले प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र सर्वसाधारणका लागि उक्त आईपीओ निष्कासन गर्नेछ  । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।