लगानी खबर, काठमाडौं - सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो बार्षिक सााधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा हिजो (साउन २५ गते, साेमबार) कम्पनीकाे कर्पाेरेट कार्यालय, कमलादी, काठमाडौंमा भर्चुअल माध्यममार्फत् सम्पन्न भएकाे हो।
सभामा धितोपत्र दर्ता गरी साधारण सेयर (आईपीओ) निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिएकाे छ । सभामा सर्वसाधारणका लागि ६० लाख कित्ता सेयर प्रिमियम मूल्यमा बिक्री गर्ने प्रस्ताव सर्वसम्मतबाट पारित गरिएकाे हाे ।
सञ्चालक समितिकाे तर्फबाट अध्यक्ष अनुज कयालद्वारा वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेही अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिएकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।