Like us!
Follow us!

मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँड, सेयर पाउने भाग्यमानी कति ?

मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँड, सेयर पाउने भाग्यमानी कति ?

लगानी खबर, काठमाडौं - मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ)  बाँडफाँड भएको छ । कम्पनीले साउन १४ गते, बिहीबारबाट साउन १९ गते, मंगलबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) को आज मंगलबार बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बिहान ९ बजे बाँडफाँड गरिएको हो।  कम्पनीको आईपीओमा कुल २० लाख ६७ हजार ९ सय ६७ जनाको आवेदन परेकोको थियो  ।

जसमध्ये २ हजार ८ सय ४३ जनाको आवेदन रद्द भएको छ ।  बाँकि रहेका २० लाख ६५ हजार १ सय २४ जना योग्य आवेदकलाई गोलाप्रथाबाट बाँडफाँड गर्दा गोलाप्रथाबाट ६८ हजार ४ सय ७४ आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् भने ६ जनाले थप १ कित्ता अर्थात् ११ कित्ता सेयर हात पारेका छन् ।  त्यसैगरी, १९ लाख ९९ हजार ४ सय ९३ जना आवेदकको हात खाली भएको छ  ।  

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणलाई छुट्याएको थियो ।

कसरी हेर्ने नतिजा ? 
लगानीकर्ताले उक्त आईपीओको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको  https://iporesult.cdsc.com.np नामक वेभसाइटबाट, सिद्धार्थ क्यापिटल लिमिटेडको वेभसाइट https://www.siddharthacapital.com,, मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको वेभसाइट https://mailungkhola.com र मेरो सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।