Like us!
Follow us!

सामुदायिक लघुवित्तको नाफामा उछाल !

सामुदायिक लघुवित्तको नाफामा उछाल !

लगानीखबर, काठमांडौ- सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चौथो त्रैमाससम्म संस्थाले राम्रो प्रगति गरेको देखिएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले १ करोड ७३ लाख ३५ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १६०।८७ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ६६ लाख ४५ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले १० करोड ९५ लाख ३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ८ करोड ४० लाख ४६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिसम्ममा संस्थाको सञ्चालन नाफा पनि १०४।०६ प्रतिशतले बढेर १ करोड ९९ लाख ५५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाको सञ्चालन नाफा ९७ लाख ७९ हजार रूपैयाँ मात्र रहेको थियो ।

त्यस्तै, संस्थाको चुक्ता पूँजी १३ करोड २० लाख रूपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा ६ करोड ६६ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा संस्थाको रिजर्भको आकारमा ३२।३२ प्रतिशतले बृद्धि भएको छ ।  

समिक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी १३ रुपैयाँ १३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ५१ पैसा र मूल्य आम्दानी अनूपात ९पिई रेसियो० ११५।५९ गुणा रहेको छ ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।