Like us!
Follow us!

मैलुङ खोलाकाे आईपीओ बाँडफाँडको साइत जुर्यो

मैलुङ खोलाकाे आईपीओ बाँडफाँडको साइत जुर्यो

लगानी खबर, काठमाडाैँ - मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड भाेलि हुने भएकाे छ । हालसम्म समय र स्थान भने ताेकिएकाे छैन ।

याे आईपीओकाे प्रि-अलटमेन्ट हिजाे (असार २४ गते, आइतबार) निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडकाे कार्यालयमा २:३० बजे सम्पन्न भएकाे थियाे ।

कम्पनीले साउन १४ गते, बिहीबारबाट साउन १९ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणलाई छुट्याएको छ ।

अन्तिम दिनसम्ममा कम्पनीकाे आईपीओमा २१ लाख १८ हजार ९२५ जनाले आवेदकले २ करोड ८४ लाख ४१ हजार ८ सय ४० कित्ताका लागि आवेदन दिएका थिए ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।