लगानी खबर, काठमाडाैँ - माछापुच्छ्रे बैंक लिमिटेडले असार ३१ गते आइतबारबाट साउन १४ गते, बिहीबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे ऋणपत्र बाँडफाँड गरिएकाे छ ।
उक्त अवधिभर रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई हिजो (साउन २४ गते, आइतबार) बाँडफाँड गरिएको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले जानकारी दिएकाे छ ।
बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेकाे थियाे । जसमध्ये बैंकले १२ लाख कित्ता सर्वसाधारणका लागि र १८ लाख कित्ता व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्री गरेकाे थियाे । सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको थियाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।