Like us!
Follow us!

गुराँस लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस कति ?

गुराँस लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस कति ?

लगानी खबर, काठमाडौं - गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनीको हिजो (आइतबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट ५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमा ५.५ प्रतिशत बोनस सेयर र ०.२९ प्रतिशत ( कर प्रयोजनार्थ) नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश नियामक बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ। 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्: -

6110b7d3b1283.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।