Like us!
Follow us!

चिलिमेको विद्युत आम्दानीसंगै घट्यो खुद मुनाफा, अन्य अवस्था कस्तो ?

चिलिमेको विद्युत आम्दानीसंगै घट्यो खुद मुनाफा, अन्य अवस्था कस्तो ?

लगानीखबर, काठमांडौ- चिलिमे जलबिद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७र७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीको खुद मुनाफा गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ५.८७ प्रतिशतले घटेर ७० करोड १८ लाख ३४ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ७४ करोड ५५ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद मुनाफासंगै कम्पनीको विद्युत बिक्री आम्दानीमा पनि गिरावट आएको छ  । विद्युत् बिक्रीबाट हुने आम्दानी पनि १.११ प्रतिशतले घटेर १ अर्ब १२ करोड ८० लाख ५२ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्री आम्दानीबाट १ अर्ब १४ करोड ७ लाख ३९ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

हाल चुक्ता पुँजी  ६ अर्ब २८ करोड ७ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ८५ करोड ६५ लाख ८२ हजार रुपैयाँ जम्मा गरेको छ । समिक्षा अवधिमा कम्पनीको रिजर्भको आकार १० प्रतिशतले घटेको हो।  

कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) ११ रुपैयाँ १७ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ४ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ६१.०५ गुणा रहेको छ ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।