Like us!
Follow us!

पठाओ कार लाईटको दोश्रो एनिभर्सरीः आज सित्तैमा ट्याक्सी बुक गर्न सकिने

पठाओ कार लाईटको दोश्रो एनिभर्सरीः आज सित्तैमा ट्याक्सी बुक गर्न सकिने

पठाओ कार लाईट (ट्याक्सी) को दोश्रो एनिभर्सरीका दिन आज (अगस्ट ९, सोमबार) पठाओ नेपालले सित्तैमा ट्याक्सी बुकिङ गर्न मिल्ने अफर ल्याएको छ ।

दिउँसो २ बजे देखि दुई बजेर २ मिनेट सम्म लागू हुने अफरमा सो अवधी भित्र पठाओको मोबाइल एप मार्फत कार लाईट ९ट्याक्सी० बुकिङ गर्ने सबै सेवाग्राहीले निस्शुल्क ट्याक्सी चड्न पाउने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए । 

पछिल्लो समय काठमाडौमा प्रविधिको सदुपयोग गर्दै पठाओ ट्याक्सीको प्रयोगकर्ता बढेसँगै पठाओमा आवद्ध हुने ट्याक्सीको सङ्ख्या पनि बढेको छ । ८ हजार कार लाइट ९ट्याक्सी० आवद्ध भएको पठाओ नेपालमा हाल दैनिक २ हजार ५ सयले सक्रिय रुपमा सेवा प्रदान  गरिरहेको बस्न्यात बताउँछन् ।

क्याप्टेनने मास्क अनिवार्य लगाउने र ट्याक्सीमा स्यानिटाइजको समेत ब्यवस्था हुने भएकाले सुरक्षीत हुने बस्न्यात बताउँछन् । पठाओ एपमा नै भाडा देखिने भएकोले बार्गेनिङ समेत गर्न नपर्ने भएकोले पठाओ ट्याक्सी सहज छ ।

कोरोना कहरको समयमा उपभोक्ताको स्वास्थ्य सुरक्षाको सावधानीलाई मद्यनजर गर्दै पठाओ ट्याक्सीमा क्याप्टेन ९चालक० र यात्रुको बिचमा प्लास्टिक सिल्ड ९पर्दा० समेत राखिएको छ । 

गेट देखि गेट सम्म सेवा भएकोले लोकप्रिय भैरहेको पठाओ ट्याक्सी झरीको समयमा गन्तव्य सम्म पुग्न अझ उत्तम बिकल्प भएको छ । झरीमा रुझ्दै चोकमा ट्याक्सी खोज्न जान नपर्ने भएकाले मनसुनको समयमा पठाओ ट्याक्सीको लोकप्रियता अझ बढेको बस्न्यात बताउँछन् ।

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट ९ट्याक्सी० सेवा सुरु गरेको हो। सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो। 

हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले ुपठाओ बजारु पनि सुरु गरेको छ। सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरि जेठ ३० गते देखी सुरु गरिएको पठाओ बजार परिक्षणका क्रममा रहेको छ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।