Like us!
Follow us!

हकप्रद जारी गर्दै राधी विद्युत, बिक्री प्रबन्धक नियुक्त

हकप्रद जारी गर्दै राधी विद्युत, बिक्री प्रबन्धक नियुक्त

लगानी खबर, काठमाडौं - राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन प्रक्रिया अगाडी बढाएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

कम्पनीले चुक्ता पुँजीको १४७.५२ प्रतिशत हकप्रद निष्कासन गर्दैछ  । कम्पनीले सेयरधनीहरूलाई ३६.५ प्रतिशत बाेनस सेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पुँजीको १४७.५२ प्रतिशत अर्थात् १:१.४७५२ काे अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ९५ लाख ३५ हजार ७ सय ६० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेकाे हाे ।

उक्त हकप्रद प्रस्ताव कम्पनीको असार २९ गते, मंगलबार सम्पन्न भएकाे पन्ध्राैँ वार्षिक साधारण सभाले पारित गरेको थियो । 

यद्यपी कम्पनीले हालसम्म सेबाेनमा निवेदन पेश गरेकाे भने गरेको छैन । नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन दिएर त्यहाँबाट अनुमति पाएपछि मात्र कम्पनीले हकप्रद सेयर निष्कासन गर्नेछ ।

हाल कम्पनीकाे चुक्ता पुँजी ४७ करोड ३५ लाख ५६ हजार ५ सय रूपैयाँ रहेकाे छ । हकप्रद सेयर निष्कासन गरेपश्चात् कम्पनीकाे चुक्ता पुँजी ६४ करोड ६४ लाख ४ हजार ६ सय २२ पुग्नेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।