Like us!
Follow us!

आइतबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

आइतबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

लगानी खबर, काठमाडौं - कारोेबार हुने हप्ताको पहिलो दिन आज (आइतबार) सेयर बजारमा सामान्य वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ०.६६ अंकले बढेर ३१०८.१२ विन्दुमा पुगेको छ । आइतबार नेप्से परिसूचक ०.०२ प्रतिशतले बढेको हो । 

झिनो अंकले बढेको बजारमा आज अपि पावर कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गरेको छ । आज कम्पनीले ८१ करोड ८५ लाख ८७ हजार रुपैयाँको कारोबार गरेको छ । 

त्यस्तै, आज सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : अरुण भ्याली हाइड्रोपावर, यूनिभर्सल पावर कम्पनी, ङादी ग्रुप पावर, बुटवल पावर कम्पनी, राधी विद्युत कम्पनी, अरुण काबेली पावर, सानिमा माई हाइड्रोपावर, अपर तामाकोशी हाइड्रोपावर र सिनर्जी पावर डेभलपमेण्ट लिमिटेड रहेका छन् । 

610faafd27698.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।